काठमाडौं। नेकपा एमालेको जारी १३ औ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य महेश बस्नेतले ८ बुँदे प्रस्ताव पेश गरेका छन्।
बस्नेतले संघीयतादेखि धर्म निरपेक्षताको बिषयमा समीक्षा गर्नुपर्ने प्रस्ताव पेश गरेका हुन्। ‘संघीयताको बारेमा समीक्षा गरौं, मुलुकको विशिष्ठ पहिचान घोषणा गरौं, धर्म निरपेक्षताको बारेमा बहस गरौं, शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाऔँ’ नेता बस्नेतकाे प्रस्ताव छ। उनले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नमिल्ने संवैधानिक व्यवस्था गर्नुपर्ने समेत माग गरेका छन्। पार्टी अध्यक्ष दुई कार्यकाल, पदाधिकारी ३ कार्यकाल भन्दा बस्न नपाउने व्यवस्था गर्नुपर्नेमा उनको जाेड छ।
पार्टी र राज्यका राजकीय र शासकीय स्थानमा युवाहरुको ४० प्रतिशत सुनिश्चित गर्नुपर्ने र पार्टी महाधिवेशनको राजनैतिक प्रतिवेदन र विधान चुनावको घोषणा पत्रमा सबै बिषय सम्बोधन गर्न कार्यदल बनाएर अघि बढ्न बस्नेतले प्रस्ताव गरेका छन्।



लोकपाटी न्यूज

