बेलायतमा कोरोना संक्रमणको तेस्राे लहर सुरु

लोकपाटी न्यूज

लण्डन। बेलायतमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोनाका कारण हालसम्म १ लाख २८ हजार १८९ जनाको निधन भएको छ।

कोरोना संक्रमणको तेस्रो लहर सुरु भएसँगै बेलायतमा उच्च सतर्कता अपनाउन आग्रह गरिदैँ आइएको छ। पछिल्लो एकदिनमा बेलायतमा थप २७ हजार १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बेलायतमा ३ लाख ९८ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । ३०० जनाको अवस्था गम्भीर रहेको छ।