सानेपामा कांग्रेस पदाधिकारीको बैठक जारी

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिरीको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी कार्यालयमा शुक्रबार अपरान्ह साढे ५ बजेबाट बैठक सुरु भएको हो।

दिउँसो २ बजे बोलाइएको बैठक तीन घण्टापछि शुरू भएको हो। पार्टीमा देखिएको क्रियाशील सदस्यताको विवाद मिलाउनको लागि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसेको नेताहरुले बताएका छन्।

महाधिवेशन कार्यतालिका अनुसार समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने हुन्छ। बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्ना पक्षका नेताहरूसँग छुट्टाछुट्टै छलफलमा थिए।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन लगायतका विषय बैठकमा छलफल हुने बताइएको छ।