काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपामा कुनै पनि वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको बताएका छन्। अध्यक्ष थापाले सामाजिक सञ्जालमा राप्रपामा वैचारिक तथा सैद्धान्तिक मतभेद नभएको स्पष्ट पारेका हुन्।
उनले राप्रपामा केही निष्क्रियता भए पनि महाधिवेशन पछि त्यसको समेत निराकरण हुने धारणा राखेका छन्। उनले अध्यक्षत्रयबीच पार्टी एकता अक्षुण्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी भएको र शनिबार बस्ने निर्देशन समितिको बैठकले महाधिवेशनको मिति निर्धारण गर्ने जानकारी दिएका छन्।
थापाले लेखेका छन्, ‘राप्रपामा वैचारिक/सैद्धान्तिक मतभेद छैन। केही निष्क्रियता छ, महाधिवेशन पछि त्यसको पनि निराकरण हुन्छ। त्रयअध्यक्ष बिच पार्टी एकता अक्षुण्ण राख्दै राप्रपालाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने पूर्ण समझदारी छ। भोलि बस्ने निर्देशन समिति बैठकले महाधिवेशनको मिति निर्धारण गर्नेछ।’



लोकपाटी न्यूज

