एमाले केन्द्रीय समिति बैठक सकियो, के भयो निर्णय ?

uml
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ। बैठक भोलि पुन: बस्नेछ। एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित शुक्रबार केन्द्रीय समितिको १३ औं बैठक डाकेको थियो।

यथास्थितिमा केन्द्रीय समिति बैठक डाकिएको भन्दै माधव नेपाल पक्ष भने सहभागी भएन। एमाले विवादपछि बसेको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित हरि पराजुली, गणेश पहाडीलगायत नेता उपस्थित भएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक ६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए। उनले बैठकलाई पार्टी अध्यक्ष केपी ओली, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेलले सम्बोधन गरेको जानकारी दिए।

अन्य औपचारिक प्रस्ताव पारित भएको भट्टराईको भनाइ छ। बैठकले पुष्पलाल, मनमोहन र मदन लगायतका अग्रजहरुप्रति सम्मान, कोभिडबाट मृत्युबरण गर्नुहुने सबैप्रति श्रद्धाञ्जली, सम्पूर्ण संक्रमितहरुप्रप्रति स्वास्थलाभको कामना, बाढीपहिरोबाट ज्यान गुमाउनुहुनेप्रप्रति श्रदासुमन अर्पण, घाइतेको स्वास्थ्यलाभको कामना र विस्थापितहरुको दीगो पुनर्स्थापनासँगै वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकले पार्टीको आन्तरिक समस्या समाधानार्थ आह्वान गर्ने र चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयवर्षको उपलक्ष्यमा चिनेले प्राप्त गरेका उपलब्धिका लागि चिनियाँ जनताप्रति हार्दिक बधाई दिने प्रस्ताव पारित गरेको हो। बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अध्यक्ष ओलीलाई अब म तपाईंसँग आए फर्केर जान्न भनेर बताएका छन्। गौतमले जिम्मेवारी दिए पार्टी एकता गर्ने विश्वाससमेत ओलीलाई दिएका छन्।