रुपन्देही। लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। सरकारलाई जसपाको समर्थन र सहयोग नरहेको हुनाले सरकारमा बसेर निरन्तरता दिन नसकेको उनले बताएकी छन्।
प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए। उनले राजीनामा दिएसँगै प्रदेश सरकारलाई बहुमत पुराउन थप समस्या आउने अनुमान विपक्षीले गरेका छन्।
जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ। उनीसहित जसपाका चार सांसदले समर्थन गरेका कारण मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकेको थियो । मुख्यमन्त्री पोखरेलले पनि चार सांसदलाई मन्त्री बनाएका थिए ।




लोकपाटी न्यूज

