एमाले बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी

pic 5
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ। बैठकमा गणेश पहाडी र हरि पराजुली पनि सहभागी भएका छन्। वरिष्ठ नेता माधव नेपाल निकट नेता पहाडी २७ जेठमा सामान्य प्रशासन मन्त्री बनेका थिए। तर उनलाई सर्वोच्च अदालतले ८ असारमै पदमुक्त गरिसकेको छ।

मन्त्री बनेपछि पहाडी ओली समूहको बैठकमा पहिलो पटक सहभागी भएका हुन्। पराजुली भने उपाध्यक्ष वामदेव गौतम निकट हुन्। गौतम पनि बैठकमा सहभागी छन्। तर माधव नेपाल समूहका नेताहरु भने अनुपस्थित छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्