ओलीका वकील भन्छन् : ‘संसद पुनःस्थापना हुनसक्छ ‘

Supreme_Court_sambaidhanik_ijalash
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा विपक्षी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधि सभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको बताएका छन्। शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गर्दै वरिष्ठ अधिवक्ता गुरागाईंले सरकार बनेपनि विश्वासको मत पाउने अवस्था नदेखिएको जिकिर गरका हुन्।

इजलाससमक्ष गुरागाईंले भने, ’सरकार बन्न सक्ने अवस्था छैन। बने पनि विश्वासको मत पाउने अवस्था देखिँदैन। दलभित्र द्वन्द्व छ। सभामुख र दलहरु फरक–फरक अवस्थामा छन्।’

अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेर विश्वासको मत पाउने सम्भावना नै नरहेको उनले दावी गरे। संसद पुनः स्थापना भए राजनीति अस्थिर बन्ने उनको धारणा थियो। उनले चुनावबाट नयाँ जनप्रतिनिधि छानिने र देश अग्रगामी कोर्समा जाने बताए।

उनले संसद विघटन सरद हुनुपर्ने जिकिर गरे। सविधानको धारा ७६ को ५ अनुसारको प्रक्रियामा विवाद देखिएको र रिटमा राष्ट्रपतिलाई विपक्षी नबनाएको भन्दै उनले विपक्षी नबनाएको निकायका नाममा आदेश जारी हुन नसक्ने जिकिर गरे। सर्वोच्चमा सरकारी पक्षबाट बहस गर्ने क्रम आज सकिँदैछ। त्यसप्रति शुक्रवार नै सभामुख अग्नि सापकोटाको तर्फबाट बहस शुरू हुनेछ। कांग्रेस सभापति शेरबहादुर देउवालाई धारा ७६ (५)को प्रधानमन्त्री नियुक्तिका लागि परमादेश मागिएको रिटमा असार ९ गतेदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्