काठमाडौं। ज्वाला भनिने टीका संग्रौलाविरुद्धको अनुसन्धानका लागि आज चौथोपटक म्याद थपको तयारी भएको छ। रंगभेदी टिप्पणी, कुटपिट र सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ परेकी संग्रौलाविरुद्धको अनुसन्धानका लागि चौथोपटक म्याद थपको तयारी भएको हो।
अनुुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद लिने तयारी भएको हो। सत्तारुढ दल नेकपा (एमाले) निकट नेत्री खुश्बु घिमिरेसँग भएको विवादपछि परेको उजुरीका आधारमा प्रहरीले उनीसहित तीनजनालाई असार ६ गते पक्राउ गरेको थियो।
उनीसँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पक्राउ परेका हुन्। सुरुमा उनीविरुद्ध अभद्र व्यवहारमा प्रहरीले मुद्दा दर्ता गरेको थियो। साथै उनले एक प्रहरीमाथि रंगभेदी टिप्पणी गरेको समेत पाइएको थियो। अनुसन्धानकै क्रममा उनले जन्मदर्ता र विवाहदर्ताको कागजमा सरकारी छाप किर्ते गरेको पाइएको थियो।



लोकपाटी न्यूज

