नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्नको लागि नेपाल राष्ट्र बैंककाे अनुमति

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाल फाइनान्सलाई ललितपुर फाइनान्स गाभ्नको लागि नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ। दुवै संस्थाको विशेष साधारणसभाले एक्विजेशनमा जाने निर्णय गरेका थिए।

ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पुँजी ५० करोड पुग्ने छ। नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा स्थापना भएको नेपाल फाइनान्स समस्याग्रस्त घोषणा भएको थियो। नयाँ लगानीकर्ता प्रवेशपछि नेपाल फाइनान्स सुधारको क्रममा रहेको छ।एक्विजेशनपछि नेपाल फाइनान्सको निक्षेप ७५ करोड पुग्ने छ भने कर्जा ७० करोड पुग्ने छ। १२ स्थानमा शाखा हुने छ। मंसिरभित्रमा ८० करोड चुक्ता पुँजी पु¥याउनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्