प्रधानन्यायाधीशको प्रश्न : संवैधानिक दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?

लोकपाटी न्यूज

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले संविधान जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्न किन नसकेको भनेर प्रश्न गरेका छन्। संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइअन्तर्गत बिहीबारको बहसमा प्रधानमन्त्री ओलीका निजी कानुन व्यवसायीलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।

प्रधानमन्त्रीको पक्षबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइराला विश्वासको मतपत्रमा हस्ताक्षर नमिलेको, पार्टीको सदस्य नभएको पार्टीको नाम उल्लेख नगरेका कारण प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबी नपुगेको जिकिर गरेका छन्। उनले विश्वासको मत पाउन सक्दिनँ भनेर ओली अर्को प्रक्रिया गएको बताए।

त्यस लगत्तै प्रधानन्यायाधीश राणाले प्रश्न गरे, ‘विश्वासको मत पाउने सम्भावना थिएन भने संविधान जिउँदो राख्न केपी शर्मा ओलीले अरूलाई पनि दिन सक्नुहुन्थ्यो नि होइन र ? प्रधानन्यायाधीश राणाले गत पुस ५ गतेको विघटनलाई बदर गर्ने फैसला समेत स्मरण गराउँदै प्रधानमन्त्री ओली संवैधानिक दायित्वबाट किन विमुख भए भनेर समेत प्रश्न गरे।

‘प्रधानमन्त्री ओलीले एक पटक विघटन गर्नुभयो, अदालतले मिलेन भनी विघटन बदर गर्‍यो,’ प्रधानन्यायाधीश राणाले भने, ‘यसरी बदर गर्दा संविधानको दायित्व र अरू समेत भन्यो। यो अवस्थामा प्रम ओली ओफ्नो मात्र बनाउन पर्ने थियो, अरूको बनाउने दायित्वबाट उहाँ किन विमुख हुनुभयो ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्