काठमाडौं। नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक बिहीबारका लागि सरेको छ। नेताहरूले प्रयाप्त तयारी नपुगेको बताएपछि सभापति शेरबहादुर देरउवाले पदाधिकारी बैठक बिहीबारका लागि सारेका हुन्।
क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल गर्न कांग्रेसले दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको थियो। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले बिहीबार स्थगित भएको बैठक शुक्रबार बस्ने जानकारी दिए।
बिहीबारको बैठकबाट क्रियाशील सदस्यता छानबिन गर्न मापदण्ड तयार पार्ने तयारी थियो। कांग्रेसले अहिलेसम्म देशभरबाट आठ लाख बढी क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएकोमा पाँच हजार भन्दा बढि उजुरी परेका छन्। सार्वजनिक भएका नामहरूमाथि परेका उजुरीको नेता रमेश लेखक नेतृत्वको समितिले छानबिन गरिरहेको छ।
शीर्ष नेताहरूले मापदण्ड तयार नपार्दा छानबिन प्रक्रिया अगाडि बढ्न नसकेको समितिका सदस्यहरूले बताएका छन्।



लोकपाटी न्यूज

