आजबाट आन्तरिक उडान सुचारु

plane
लोकपाटी न्यूज

काठमाडाैँ। करिब २ महिना लामो बन्दाबन्दी पछि बिहीबारदेखि आन्तरिक उडान सुचारु भएका छन्। गत असार ७ गतेको सरकारको निर्णय अनुसार आन्तरिक उडानमा कोटा प्रणाली लागू गरी सञ्चालन गर्ने निर्णयानुसार आजदेखि आन्तरिक उडान समेत सञ्चालनमा आएका हुन्।

त्रिभूवन विमानस्थल (टीआईए) का अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणाली अनुसार उडान स्वीकृति पाएका छन्। बिहीबार बिहानैदेखि चार उडान कम्पनीले उडान शुरु गरिसकेका छन्। ठूला कम्पनीहरु बुद्ध एयर, यति एयर, श्री एयर र सौर्य एयरले आज विहानै देखि उडान शुरु गरिसकेका हुन् भने साना गन्तव्यका उडान भर्ने ८ कम्पनीले उडान शुरु गर्न बाँकी रहेको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजेन्द्र क्षेत्रीले जानकारी दिए।

उनका अनुसार बुद्ध एयरको ३१, यती एयरले १५, श्री एयरले १० र सौर्य एयरले ३ उडानको स्वीकृति पाएका छन् भने, बाँकी सीता, तारा, समिट लगायतका एयरलाइन्सले कति फ्लाइट पाउने टुंगो लागिसकेको छैन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्