८ सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुदैछ काराेबार ?

लोकपाटी न्यूज

काठमाडौं। आज विहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा आज ८०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ। यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

विहिबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २० रुपैयाँले बढेको छ। आज प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्