काठमाडौं। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काठमाडौंस्थित भारतीय दूतावास गएका छन्। उनी बुधबार दिउँसो १२स्२५ मा लैनचोरस्थित भारतीय दूतावास प्रवेश गरेका श्रोतले जानकारी दियो।
यसअघि पटक–पटक भारतीय दूतावाससँग छलफल गरी सरकारमा प्रवेश गरेका महतो सर्वोच्चको आदेशले सरकारबाट बाहिरिएपछि फेरि भारतीय दूतावास छिरेका हुन्।
उपप्रधानमन्त्री बनेपछि बहुल राज्यसम्बन्धी अभिव्यक्तिका कारण महतो विवादास्पद बनेका थिए।



लोकपाटी न्यूज

