एमाले स्थायी कमिटीमा थपिए ८ सदस्य (नामसहित)

pic 5
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले स्थायी कमिटीमा ८ जनालाई मनोनयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले पूर्वमाओवादीका चार नेतासहित ८ जनालाई स्थायी कमिटीमा मनोनीत गरेको हो। पूर्व माओवादी खेमाका ४ र एमालेतर्फका ४ जनालाई स्थायी कमिटीमा मनोनयन गरेको हो।

यसअघि एमाले स्थायी कमिटीमा नरहेका तर नेकपा क्रियाशील रहेको समयमा स्थायी कमिटीमा रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा एमाले स्थायी कमिटीमा मनोनयन भएका हुन्। प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई पनि स्थायी कमिटीमा समेटिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बेदुराम भुसालले केहीदिन अघि मात्रै स्वतन्त्र संसदको हैसियत माग्दै संसद् सचिवालयमा पत्र लेखेका थिए। उनी राष्ट्रिय सभा सदस्य हुन्। एमालेले महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी ब्युँताएको छ। केन्द्रीय कमिटीको बैठक यही असार १८ गतेका लागि बोलाइएको प्रवक्ता ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्