एमालेको महाधिवेशन आयोजक कमिटी खारेज

pic 5
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकले कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको जानकारी दिए। सर्वोच्च अदालतको जेठ १४ गतेको फैसलाले महाधिवेशन आयोजक कमिटीले गरेका निर्णयमाथि प्रश्न उठाएपछि महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटीलाई खारेज गरेको हो।

कमिटी खारेज भएसँगै माधवकुमार नेपाल पक्षलाई गरिएका सम्पूर्ण कारबाही पनि खारेज भएको छ।त्यस्तै माधव नेपाल पक्षका ११ जना नेताको कारवाही पनि निस्क्रिय भएको ज्ञवालीको भनाइ छ ।  बैठकले नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असार १८ गते बिहान ११ गते बस्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्