संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भयो : सभामुख सापकोटा

agni-sapkota
लोकपाटी न्यूज

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहार हुने आशंका व्यक्त गरेका छन्। संविधान कार्यान्वयनका क्रममा प्रतिनिधि सभा माथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका हुन्।

बुधबार संसद दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन्। सभामुख सापकोटाले लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता भएको बताए।

‘संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचना र संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ’, सभामुख सापकोटाले भनेका छन्, ‘संघ, प्रदेश र स्थानीय तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउने दिशामा अघि बढ्दा मात्रै अनगिन्ती संघर्ष र आन्दोलनका बलमा निर्मित संविधान अनुरुप राज्य पुनर्संरचनार संघीय शासन प्रणालीको कार्यान्वयनमा बल पुग्ने छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्