काठमाडौं। नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी अन्तिम बैठक सुरु भएको छ। बालुवाटारमा बैठक ११ बजेबाट सुरु हुने भनिएपनि एक घण्टा ढिलो मात्रै सुरु भएको हो। बैठकमा केही प्रस्ताव पेश र अनुमोदनबाहेक अन्य छलफल नहुने एमाले नेताहरुले बताएका छन्।
आयोजक कमिटीको बैठकले एमालेलाई जेठ २ को संरचनामा फर्काएको औपचारिक घोषणाको निर्णय गर्नेछ। यसअघि मंगलबार बसेको ओली पक्षीय स्थायी समिति बैठकले नै पार्टीलाई जेठ २ को संरचनामा फर्काउने निर्णय गरेको थियो। सोही निर्णयलाई आजको बैठकले अनुमोदन गर्ने तयारी छ।
नेकपा विवादमा सर्वोच्च अदालतले गत फागुन २३ मा एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काएपछि २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित पार्टी कमिटीलाई आयोजक कमिटीमा रुपान्तरणको घोषणा गरेका थिए।



लोकपाटी न्यूज

