काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले नियमित परीक्षा सञ्चालन गर्नेसम्बन्धी सूचना निकालेको छ। डीनको कार्यालयबाट मंगलबार जारी गरिएको सूचनामा एमबीएस र एमपीए कार्यक्रम अन्तर्गत तेस्रो सत्रको नियमित परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने उल्लेख गरिएको छ।
यसअघि सो परीक्षा गत वैशाख १७ देखि नै गर्ने भनिएपनि कोरोना महामारीका कारण रोकिएको थियो। विस्तृत परीक्षा तालिका, समय र परीक्षा केन्द्रबारे पछि सूचना प्रकाशित गरिने त्रिविले जनाएको छ।




लोकपाटी न्यूज

