नेकपा एमालेले बोलायो स्थायी कमिटी बैठक

Esthae kamiti meeting
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। मंगलबार (आज) बेलुकी ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागेको हो।

बुधबार डाकिएको महाधिवेशन आयोजक कमिटीको बैठकको तयारीबारे छलफल गर्नको लागि बैठक बोलाइएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन्। सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि एमालेले बुधबार महाधिवेशन आयोजक कमिटी बैठक डाकेको छ। साथै, चाँडै नै केन्द्रीय कमिटी बैठक आह्वान गर्ने तयारीमा एमाले लागेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्