काठमाडौँ। काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले बैंक तथा वित्तिय संस्था भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्न पाइने निर्णय गरेका छन्। सोमबार बसेको बैठले यस्तो निर्णय गरेको हो।
बैंक, वित्तिय संस्था, धितोपत्र, बीमा, रेमिट, सहकारी, गैरसरकारी संस्थाहरू स्वास्थ्य मापदण्ड पालना तथा न्यूनतम जनशक्ति परिचालन गरी भीडभाड कम हुने गरी वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्न पाइने निषेधाज्ञाबारे जारी नयाँ आदेशमा उल्लेख छ।
औषधि तथा स्वास्थ्य सामग्री, सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाउने भएका छन्। त्यस्तै खाद्यान्न दुध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरी/पुस्तक पसलहरू बिहानदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन्।



लोकपाटी न्यूज
