सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

Health mantralaye
लोकपाटी न्यूज

काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोरोनाको नक्कली खोप बेच्नेबाट सतर्क हुन सूचना जारी गरेको छ। काठमाडौं लगायतका सहरी क्षेत्रमा कोरोनाको नक्कली खोप विक्री वितरण भएको सूचना प्राप्त भएकाले मन्त्रालयले उक्त सूचना जारी गरेको हो।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै कसैले पनि शुल्क मागेर खोप उपलब्ध गराउने कुरा गरेमा स्थानीय प्रशासन वा मन्त्रालयमा उजुरी दिन आग्रह गरेको छ। सरकारले कोरोनाको खोपको निःशुल्क वितरण गरिरहेकोतर्फ ध्यानाकर्षण गराउँदै मन्त्रालयले नागरिकलाई ठगी हुनबाट जोगिन अपिल गरेको हो।

यसैबीच, राष्ट्रिय उपभोक्ता मंचले पनि सोमबार विज्ञप्ति जारी गर्दै नक्कली कोभिड खोप विक्री वितरणमा संलग्नलाई कार्वाही गर्न माग गरेको छ। केही व्यक्तिहरुले पूर्वी नाकाबाट काठमाडौं लगायतका सहरी क्षेत्रमा कोभिडसिल्ड खोप भन्दै ३ देखि ५ हजारसम्म विक्री वितरण भएको सूचना आएकाले यस्तो कार्यबाट सतर्क हुन आग्रह गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्