काठमाडौं। beeबाट प्रवाह भइरहेका बीमा सेवा तीन दिनका लागि बन्द हुने भएको छ।
संस्थानले नयाँ सफ्ट्वेयर लागू गर्न लागेको र त्यसको लागि डाटा माइग्रेसन गर्ने कार्य गर्नुपर्ने भएकाले कम्पनीबाट हुने सेवा तथा कारोबार बन्द हुने सूचनामा उल्लेख छ। असार १६ गते बुधवारदेखि १८ गते शुक्रवारसम्म संस्थानको प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द हुनेछ। संस्थानले थप जानकारी जानकारी चाहिएको खण्डमा प्रधान कार्यालयमा सम्पर्क गर्न पनि भनेको छ।




लोकपाटी न्यूज
