प्रतिनिधिसभा विघटन : संवैधानिक इजलासमा सरकारी पक्षको बहस शुरू

High Court
लोकपाटी न्यूज

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध जारी सुनुवाइमा सरकारी पक्षको बहस शुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा आइतबारसम्म रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका अधिवक्ताले बहस गरेका थिए।

सोमबार महान्यायाधीवक्ता रमेश वडालले बहसको शुरूवात गरेका छन्। महान्यायाधीवक्ता वडालले ३ घण्टा बहस गर्ने समय तोकिएको छ। वडालपछि नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले २ घण्टा बहस गर्ने जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएपछि देउवासहित सांसदले सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्