जीवन विकास लघुवित्तको आइपीओमा हालसम्म १४ गुणा बढी आवेदन

ipo
लोकपाटी न्यूज

काठमाडौं।  जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या १७ लाख नाघेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सोमबार बिहानसम्ममा २ करोड ५७ लाख ८६ हजार ११० कित्ताका लागि आवेदन परेको छ। हालसम्म कुल १७ लाख २ हजार २७९ जनाले आवेदन दिएका छन्। आइपीओ भर्ने समय मंगलबारसम्म रहेकाले जीवन विकासको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्या हालसम्मकै उच्च हुने सम्भावना बढेको छ।

यसअघि ज्योति लाइफ इन्सुरेन्सको आइपीओमा हालसम्मकै उच्च १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए। जीवन विकासले यसलाई पनि पछि पार्ने देखिएको छ। जीवन विकासको आइपीओमा सर्वसाधारणबाट हालसम्म मागभन्दा १३.९९ गुणा बढी आवेदन परिसकेको छ।

कम्पनीले असार ११ गतेदेखि कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको हो। जसमध्ये १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिन सक्नेछन्। कुल निष्कासित इकाईमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ। आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। यस आइपीओमा मंगलबार (असार १५ गते) सम्म आवेदन दिन सकिन्छ। सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिन्छ। यसमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्