युनियन लाइफ इन्स्योरेन्सलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डकाे अनुमति

IPO Icon
लोकपाटी न्यूज

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार कम्पनीले  ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न असार १३ गते धितोपत्र बोर्डबाट अनुमति पाएको हो। कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो। निवेदन दर्ता गरेको एक महीनामै कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएको हो।

कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको चुक्तापूँजी हाल  १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न आईपीओ विक्री गर्न लागेको हो। कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा कम्पनीले २०७४ साल असार ६ गतेदेखि औपचारिक रुपमा कारोबार शुरु गरेको हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ७३ करोड ७ लाख १४ हजार रुपैयाँ रहेको छ भने जीवन बीमा कोषमा ६ अर्ब ९० करोड २ लाख १० हजार रुपैयाँ रहेको छ। यस अवधिसम्म कम्पनीले  ८ करोड २५ लाख ९ हजार रुपैयाँ खुद नाफा गरेको छ।

कम्पनीले तेस्रो त्रैमाससम्म  ५ अर्ब २४ करोड १६ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। हाल ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गर्न लागेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्