सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल

लोकपाटी न्यूज

काठमाडाैँ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी थालिएको छ। उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा सार्वजनिक सवारी जोर बिजोर प्रणालीमा सञ्चालन गर्नेबारे छलफल भएको छ।

यसबारे के गर्ने भन्नेबारे सोमबार बिहान निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। उनले भने- ‘निषेधाज्ञालाई कुन स्वरुपमा लैजानेबारे ब्यापक छलफल भएको छ। केही परिवर्तन गर्नेगरी छलफल भइरहेको छ। सार्वजनिक सवारी जोर बिजोर प्रणालीबाट सञ्चालन गर्नेबारे हाम्रो जिल्लामा छलफल भएको छ। के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ। भोलि बिहान १० बजेपछि एकछिन बसेर निर्णय गर्ने कुरा भएको छ।’

कोरोना संक्रमणदर केही कम भएपछि प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई अझै खुकुलो बनाएर जाने तयारी थालेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्