काठमाडाैँ। आइतबार पनि सुन तथा चाँदी दुबैको भाउ समान्य बढेको छ।
यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ५०० र तेजाबी सुन प्रतितोला९० हजार रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।



लोकपाटी न्यूज
