अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

लोकपाटी न्यूज

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतवार कारोबार खुलेको केहि समयमै अपर तामाकोशी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएकाे छ।

याे समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ। उक्त अवधिसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८१९ रुपैयाँ पुगेको छ। कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयरमूल्य बढेको हो। कम्पनीको शेयरमा सबैभन्दा बढी खरीद माग रहेको छ। यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा ३ लाख ८५ हजार ८९९ कित्ता शेयर खरीद माग रहेको छ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट शुरु गर्ने तयारी थालिएपछि शेयरमूल्यमा पनि लगानीकर्ताको आकर्षण बढेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्