माओवादी केन्द्र सिरानचोक गाँउ समितिले सार्वजनिक गर्‍याे कोभिड स्वास्थ्य इकाईले हालसम्म गरेका कामकाे विवरण

CPN-Maoist-Centre
लोकपाटी न्यूज

गोरखा। नेकपा माओवादी केन्द्र सिरानचोक गाँउ समिति गोरखाले गठन गरेकाे स्वास्थ्य एकाइले हालसम्म गरेका कामहरुको प्रगती विवरण सार्वजनिक गरेको छ। समितिले कोरोना भाइरसको महामारी सुरु भएसँगै यसको फैलावट र संक्रमणबाट उत्पन्न महामारीबाट जनताको जीवनरक्षा गर्ने कार्यमा सहयोग पुर्‍याउन नवराज पुडासैनीको संयोजकत्वमा कोभिड स्वास्थ्य इकाईको गठन गरेको थियो।

एकाईका सँयोजक पुठासैनीले सनिबार एक विज्ञप्ती जारी गर्दै एकाईले गरेका ८ कामहश्रकाे  विवरण सार्वजनिक गरेका हुन्। विवरणमा रेडियो र सामाजिक संजाल मार्फत सचेतना स्वास्थ्य सन्देश प्रसारण, कोभिड परिक्षण उपचार तथा परामर्श शिविर संचालन, सिरानचोक गाउापालिकालाई स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग, स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण, कोभिड–१९ बाट संक्रमित बिरामीलाई पोषण तथा सरसफाई सामग्री बितरण, माक्स लगाऔं, कोभिड भगाऔं, अभियान, संक्रमित बिरामीलाई औषधी बितरण तथा श्रद्धाञ्जली अर्पण तथा समबेदना प्रकट लगायतका कार्यक्रम सम्पन्न भएको जनाएको छ।

यस्तो छ समितिले जारी गरेको विज्ञप्ती

कोभिड–१९ फैलावट र संक्रमणबाट उत्पन्न महामारीबाट जनताको जीवनरक्षा गर्ने कार्यमा सहयोग पुर्‍याउन हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) सिरानचोक गाउँ समिति, गोरखाले जिल्ला सचिवालय सदस्य क. नवराज पुडासैनीको संयोजकत्वमा कोभिड स्वास्थ्य इकाई, सिरानचोक गठन गरी पार्टी पङ्तिलाई कोभिड बारे सचेतना फैलाउन विरामीहरुको परिक्षण, उपचार तथा उद्दारमा परिचालन गरेको त सर्वबिदितै छ । यसै परिपेक्षमा यस कोभिड स्वास्थ्य इकाईले हालसम्म सपन्न गरेका कोभिड केन्द्रित जनमुखि कामहरुको सार्वजनिक जानकारीको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ।

१.रेडियो र सामाजिक संजाल मार्फत सचेतना स्वास्थ्य सन्देश प्रसारण

कोभिड-१९ को महामारीबाट आफू बच्न र अरुलाई बचाउन समुदाय स्तरमा सचेतना फैलाउने उदेश्यले अडियो सार्वजनिक सन्देश बनाई गोरखाका तीन गोरखा एफ. एम., च्वाइस एफ.एम र मनास्लु एफ.एम. रेडियोबाट प्रशारण गराइयो। त्यसैगरि भिडियो सन्देश बनाई सामाजिक सञ्जाल मार्फत प्रचार गरियो। साथै कोभिडबाट बच्न जनचेतना मूलक पर्चाका साथै गाउा बस्तीमा मौखिक प्रचार गरि स्वास्थ्य सचेतना सन्देश प्रवाह गरियो।

२.कोभिड परिक्षण उपचार तथा परामर्श शिविर संचालन
ठूलो संख्यामा बिरामी देखा परेका तर रोगको पहिचान नभई समुदाय भयवित भएको अवस्थामा कोभिड स्वास्थ्य इकाई, सिरानचोक को समन्वयमा गाउँपालिकाको वडा नं. ८ जौवारीमा २०७८ बैशाख ३१ गते र वडा नं. ६ को चिलाउने गाउँमा जेठ ५ गते नेकपा ९माओवादी केन्द्र०का वरिष्ठ नेता क. नारायणकाजी श्रेष्ठ निजि सचिवालय अन्र्तगतको कोभिड-१९ स्वयं सेवा (सिवियस) मार्फत कोभिड परिक्षण, उपचार तथा परामर्श शिविर संचालन गरी कोभिड संक्रमण पुष्टी भएकाहरुलाई औषधी र परामर्श प्रदान गरियो । यसबाट लाभान्वित भई हाल बिरामीहरु छिट्टै निको भई सामान्य अवस्थामा फर्किनुभएको छ।

३.सिरानचोक गाउापालिकालाई स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग
हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य क। चुडामणि खड्काद्वारा कोभिड स्वास्थ्य इकाई, सिरानचोकको समन्वयमा सिरानचोक गाउँपालिकामा कार्यक्रमका बिच गाउँपालिका कार्यालयलाई संस्थागत रुपमा १ वटा अक्सिजन कन्सन्ट्रेटर, ७५ वटा एन्टीजेन किट, ६६ सेट पिपिइ, २०००० सर्जिकल माक्स, ४० लिटर सेनीटाइजर र १० पिस फेस सिल्ड हस्तान्तरण गरियो।

४. स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण
जौवारी प्राथामिक स्वास्थ्य केन्द्रलाई दुइ पटक गरी २ वटा अक्सिजन कन्सन्ट्रेटर, ३ वटा बेड सेट, ३ वटा बेड साइड लकर, ३ वटा आइ। भि। ड्रिप स्ट्याण्ड, ३ वटा नेवुलाइवर, ५ वटा पल्स अक्सिमिटर, १५ सेट पिपिइ, ७५ पिस फेस सिल्ड, २५ वटा डिग्निटी किट, १ पिस बि। पि। सेट र २५ प्याकेट प्याड हस्तान्तरण गरियो । उक्त सामग्री राधा पौडेल फाउण्डेसनले प्रायोजन गरेको हो।

५. कोभिड-१९ बाट संक्रमित बिरामीलाई पोषण तथा सरसफाई सामग्री बितरण
कोभिड-१९ संक्रमण भई घरमा आइसोलेसनमा बसेका गाउापालिका भरीका ८७ जना बिरामीहरुलाई घरघरमा पुगेर पोषण तथा सरसफाई सामग्री बितरण गरियो। यसरी बितरण गरिएको सामग्रीमा प्रति बिरामी १० दखि १५ पिस अण्डा, २ किलो गेडागुडी, १५ पिस सर्जिकल माक्स, सेनीटाजर, साबुन रहेका छन्। कतिपय ठाउमा हर्लिक्स, ग्लुकोज, फलफूल, थर्मोमिटर समेत बितरण गरिएको छ।

६. माक्स लगाऔं, कोभिड भगाऔं, अभियान
गाउा पालिकाको ८ वटै वडामा कोभिड-१९ को संक्रमण फैलिएको तथा संक्रमणको जोखिममा रहेका बस्तीहरुमा माक्स लगाऔं, कोरोना भगाऔं अभियान संचालन गरी प्रति घर १५ देखि ५० पिस गरि कूल २३८०० सर्जिकल माक्स बितरण गरियो।

७. संक्रमित बिरामीलाई औषधी बितरण
संक्रमण पुष्टी भएका सिरानचोक ८, जौवारीका संक्रमितहरु मध्ये १५ जनालाई स्वास्थ्यकर्मीको सिफारिसमा औषधी वितरण गरियो।

८. श्रद्धाञ्जली अर्पण तथा समबेदना प्रकट कार्यक्रम सम्पन्न
कोभिड-१९ संक्रमणको कारण निधन हुनुभएका नेकपा (माओवादी केन्द्र) गोरखा जिल्ला सल्लाहकार क. पूर्ण बहादुर गुरुङ, पार्टी सदस्यहरु क. लोकनाथ ढकाल, क. ध्रुव पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सक्रिय सदस्य अर्जुन पोखरेल, संगठीत सदस्य सुरेश ढकालको नाबालिका छोरी सजिना ढकाल तथा चामुनारायण श्रेष्ठ, कंचन सुनार, शान्ता पोखरेल भट्टराई, गीता पोखरेल, अनिल पोखरेल, ढुण्डीराज गोतामे, रामकृष्ण कुमाल लगायत सिरानचोक गाउापालिका भित्रका हालसम्म कोभिड-१९का कारण दिवंगत हुनुभएका सबै प्रियजनहरुको स्मृति र सम्मानमा यही असार ११ गते श्रद्धाञ्जली अर्पण तथा परिवारमा समवेदना प्रकट कार्यक्रम सम्पन्न भयो। सिरानचोक गा.पा. ८ जौवारीमा आयोजित एकमुस्ठ श्रद्धाञ्जली अर्पण कार्यक्रममा हाम्रो पार्टीका बरिष्ठ नेता तथा प्रवक्ता क. नारायणकाजी श्रेष्ठले अत्यन्त मर्मस्पर्शी श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभयो। यसैगरी स्थानीय नेताहरु नवराज पुडासैनी, उद्धव गुरुङ, किरण पन्त, झटक प्रसाद दवाडी, प्रेम ओस्ती, पुष्प दवाडी, शिक्षक राजेन्द्र ढकाल लगतयतले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा क. नारायणकाजी श्रेष्ठले सिरानचोक गाउा पार्टीको तर्फबाट दिवंगतहरुको सम्मान तथा स्मृतिमामा तयार पारिएको श्रद्धाञ्जली तस्विर, सम्बन्धित परिवारजनलाई हस्तान्तरण गर्दै गहिरो समबेदना प्रकट गर्नु भयो।

र अन्त्यमा, जनताको जीवन रक्षालाई केन्द्रमा राखेर जनसेवामा सक्रिय हुनुलाई हामीले अहिले हाम्रो मुख्य कार्यभार बनाएका छौं। सिङगो पार्टी पङ्ति र योङ कम्युनिष्ट लिग, जनस्वास्थ्यका मापदण्ड पालना गर्दै, जन स्वयंसेवक भएर जनतालाई संक्रमण हुनबाट बचाउने अभियानमा क्रियाशिल छ। यस अभियानमा हामीलाई नैतिक, भौतिक तथा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछौं।
१२ जेठ, २०७८
नवराज पुडासैनी
संयोजक
कोभिड स्वास्थ्य इकाई, सिरानचोक, नेकपा (माओवादी केन्द्र), गोरखा

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्