काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री के पी ओली शर्मासँग भन्दा पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग दुःख लागेको बताएका छन्।
उनले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कार्यकर्ताजस्तो बनेको आरोप समेत लगाएका छन्। शनिबार विपक्षी गठबन्धनले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले यस्तो आरोप लगएका हुन्। १४९ सांसदले प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरे बुझाए पनि राष्ट्रपतिले ओलीको पक्षमा रही रातारात संसद विघटन गरेको उनले आरोप लगाए। उनले आरोप लगाउँदै भनेका छन्,राष्ट्रपति ओलीको कार्यकर्ता भइन्। केपीसँग भन्दा राष्ट्रपतिसँग दुख लागेको छ।’



लोकपाटी न्यूज

