काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु अलग पार्टीका रुपमा नरहेको बताउँदै नेकपा एमालेकै बिद्रोही पक्ष रहेको बताएका छन्। शनिबार पत्रकारसँगको गठबन्धनमा नेता नेपालले यस्तो बताएका हुन्।
नेता नेपालले भने,‘राष्ट्रियताका पक्षमा उभिएका दलहरु मध्ये हामी एमालेको विद्रोही पक्षका रुपमा छौं। हामी लडाइ केपी ओली प्रवृत्ति विरुद्धको लडाइ हो। केपी ओलीजीमा शक्ति र पैसाको मात लागेको छु।’
उनले केपी ओलीको रुपमा नयाँ चरित्र पाएको बताउँदै समस्या आएपछि राजीनामा दिने संस्कार उनले लत्याएको बताए। प्रधानमन्त्री पद दियो भने माधव नेपालको खुट्टा काम्ने हो कि भन्ने लाग्नसक्ने तर्फ इंगित गर्दै उनले त्यसलाई गलत तर्क भएको बताए। ओलीले गलत विचार बनाएको बताउँदै नेता नेपालले ओलीले आफूलाई सुधारेमा स्वागत गर्न तयार रहेको पनि बताए।



लोकपाटी न्यूज

