वीरगन्ज। पर्साको छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ता नेकपा माओवादी (केन्द्र) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। आफू निर्वाचित भएको दल परित्याग गरि एमालेमा प्रवेश गरेका गुप्तालाई एमालेले पर्सा जिल्ला कमिटी सचिवमा मनोनित गरेको छ।
एमाले प्रदेश अध्यक्ष तथा निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहसँगको छलफलपछि गुप्ता एमाले प्रवेश गरेका हुा्। साह पनि माओवादी परित्याग गरि एमाले प्रवेश गरेकी थिइन्। एमालेतर्फ लागेपछि बाराबाट निर्वाचित उनको प्रदेश सभा सदस्य पद खारेज भएको थियो।
प्रदेश २ का चारजना प्रदेश सभा सदस्य र १४ जना भन्दा बढी स्थानीय तहका निर्वाचित जनप्रतिनिधि नेकपा खारेज भएपछि माओवादीतर्फ नलागी एमालेमा प्रवेश गरेका छन्।



लोकपाटी न्यूज

