काठमाडौं। गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ताजा जनादेशको विकल्प नरहेको बताएका छन्। गृहजिल्ला रुपन्देहीको बुटवलमा शनिबार कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन्।
उनले निर्वाचन अगाडि सवै नेपालीलाई खोप उपलव्ध गराउने भन्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत जिकीर गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको दावी गरे।
मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने बताए।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिएपनि अनपेक्षित दृश्य देखा परेको बताए। उनले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँनयाँ काम गरेको पनि दावी गरे। कोभिड विरुद्धको खोप छिटो भन्दा आपूर्ति गरेर जनतालाई लगाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले खोपको प्रकृया शुरु भएपछि बीचमा रोक्न नपर्ने गरी काम भईरहेको बताए।



लोकपाटी न्यूज

