काठमाडौँ। नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिएसँगै नेताहरुले आ-आफ्नो समूहको भेला तथा बैठकलाई तिव्रता दिएका छन्। शुक्रबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला काठमाडौँको एक पार्टी प्यालेसमा भएको छ।
भेलामा वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्यको उपस्थिती रहेको थियो। भेलाले कांग्रेसको १४ औँ महाधिवेशनको सम्बन्धमा क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिएको दियो।
नेता अर्जुननरसिंह केसीले एकता कायम गरेर उम्मेदवार टुंगो लगाउनुपर्ने र जस्तो खालको परिस्थिति आएपनि सहमती निर्माण गर्नुपर्ने छलफलको अन्तिम निष्कर्ष रहेको बताए। आफ्नो समुहको तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा छलफलबाट निर्णय गरिने उनको भनाई छ।



लोकपाटी न्यूज

