अन्तर्राष्ट्रिय उडान खुलेसँगै बढ्याे वैदेशिक राेजगारीमा जाने क्रम

लोकपाटी न्यूज

काठमाडौं। सरकारले आन्तरिकतर्फ ५० प्रतिशत नबढ्ने र अन्तर्राष्ट्रिय उडानमा तालिका र मिति तोकेर उडान खुला गर्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने क्रम केही बढेको छ।

हाल नेपाली कामदारको प्रमुख गन्तव्य मध्येको एक कतारमा काठमाडौंदेखि कतारको दोहा रुटमा सातामा ४ उडान शुरु भएका छन्। त्यसमा नेपाली वायुसेवाले दुई र कतार एयरवेजले दुई उडान भर्ने नागरिक उड्डययन प्राधिकरणले जनाएको छ। काठमाडौं दुबई रुटमा समेत सातामा चार उडानको अनुमति दिइएको छ। यसअघि हप्तामा एउटामात्र उडान रहको काठमाडौं–इस्तानबुलमा हप्ताको दुई, काठमाडौं दमाम रुटमा हप्ताको दुई, काठमाडौं-कुवेतमा हप्ताको दुई, काठमाडौं मस्कटमा हप्ताको एक र मलेसियामा हप्ताको चार उडान हुने भएको छ।

दक्षिण कोरियामा एक र जापानमा एक उडान हुने भएको छ। सरकारले अनुमति दिएका एयरलाइन्सहरुको टिकटको मूल्यमा तीनसय प्रतिशतसम्म वृद्धि गरेका छन्। उडान सुचारु भएपनि महँगो जहाज टिकटका कारण स्वदेश फर्किने तथा रोजगारीमा जाने कामदारलाई असहज रहेको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्