माओवादी छाडेका १४ जनप्रतिनिधि पदमुक्त

Election Commission
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदमुक्त भएका छन्। माओवादी केन्द्रबाट २०७४ को स्थानीय तहमा निर्वाचित २ प्रमुख, ५ उपप्रमुख, एक अध्यक्ष, एक उपाध्यक्ष, १ नगर कार्यपालिका सदस्य, ४ जना वडाध्यक्ष नेकपा एमाले प्रवेश गरेकाले पदमुक्त भएका हुन्।

निर्वाचन आयोगले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ निर्वाचित जनप्रतिनिधिहरुको पद रिक्त भएको जानकारी दिएको छ। माओवादी केन्द्रले दल परित्याग गरेर एमाले प्रवेश गरेका आफ्ना जनप्रतिनिधिको पद स्वत रिक्त हुने भनी निर्वाचन आयोगलाई पत्र लेखेकाले सोही बमोजिम पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

पदमुक्त हुनेमा सबैभन्दा बढी रौतहटका ७ जना छन्। रौतहटका २ मेयर, चार उपमेयर र एक उपाध्यक्षको पद गएको छ। त्यस्तै कैलालीका एक उपमेयर र तीन वडाध्यक्षको पद गएको छ। महोतरी र वखलढुंगाका एकरएक वडाध्यक्ष र सिरहाका एक नगर कार्यपालिका सदस्यको पद गएको छ। आयोगको असार ९ गतेको निर्णय अनुसार राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ (२) र (३) बमोजिम माओवादी केन्द्रका १४ जनप्रतिनिधिको पद स्वत रिक्त भएको जनाएको छ।

maobadi

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्