कति पुग्याे आज सुनचाँदीकाे बजार मूल्य ?

लोकपाटी न्यूज

काठमाडाैँ। नेपाली बजारमा सुनको मूल्य आज(शुक्रबार) स्थिर रहेको छ।

बिहीबार प्रति तोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ। सुनको मूल्य स्थिर रहँदा चाँदीको भने बढेको छ।

महासंघका अनुसार शुक्रबार चाँदी प्रति तोलामा ५ रुपैयाँ बढेर एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्