काठमाडौं। नेकपा एमालेका नेता खिमलाल भट्टराईले विपक्षी गठबन्धन देशमा राजतन्त्र फर्काउन लागिपरेको आरोप लगाएका छन्। मुलुकको राजनीतिलाई पञ्चायत र राजतन्त्रतिर फर्काउने विपक्षीको खेलमा पार्टीका नेता माधवकुमार नेपाल पनि संलग्न रहेको भट्टराईको आरोप छ।
विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको उनको आरोप छ। ‘विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ। लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ। होसियार बनौं,’ उनले लेखेका छन्।
बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन नसक्ने बताउँदै नेता भट्टराईले भनेका छन्, ‘संविधानको धारा ७६ (५) सांसद र दल दुवैलाई हो। प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन। तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ। उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ। उपधारा ५ मा धारा ७६ को उपधारा २ अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई ह्वीप लाग्ने निश्चित छ।’
नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्ः
विपक्षी गठबन्धन पञ्चायत र राजतन्त्र तिर। संविधानको धारा 76 ^5^ सांसद र दल दुवैलाई हो। प्रधानमन्त्रीको उम्मेदवार हुन दलको निर्णय, समर्थन जरुरी पर्दैन।
तर उनलाई प्रधानमन्त्री हुनको लागि दलको समर्थन आवश्यक हुन्छ। उनले दलहरूको समर्थन लिनु पर्ने हुन्छ। उपधारा 5 मा धारा 76को उपधारा 2 अनुसार भन्ने उल्लेख भएकोले दलले समर्थन गर्नुपर्ने र सांसदलाई whip लाग्ने निश्चित छ। बहुदलीय व्यवस्थामा निर्दलीय अभ्यास हुन सक्दैन।
यद्यपि विपक्षी गठबन्धन निर्दलीय अभ्यासको निम्ति दाम्लो चुँडाएर लागेको छ। लोकतन्त्र र अग्रगमनको जामाभित्र गठबन्धनको नेताहरू शेर बहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्रहरूले पञ्चायत र राजतन्त्रतिर मुलुकको राजनीतिलाई फर्काउने दुष्कर्म गर्दै हुनुहुन्छ। होशियार बनौं।




लोकपाटी न्यूज

