नेप्से सूचक १६.९६ अंकले घट्याे, काराेबार रकम ७ अर्ब ३ कराेड

Stock-market-share
लोकपाटी न्यूज

काठमाडौँ। नेप्से सूचक १६.९६ अंकले घटेर २८४३.०० को बिन्दुमा पुगेको हो।

आज ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ। आज कारोबारमा आएका २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर खरिद विक्रिबाट यो रकम बराबरको कारोबार भएको हो।

आज अप्पर तामाकोशी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज हाईड्रोपावर र होटेल र पर्यटन बाहेक सबै समूहको समूहगत सूचक घटेको छ। हाईड्रोपावर समूहको समूहगत सूचक सर्वाधिक बढी १.९७ प्रतिशत बढेको छ भने विकास बैंक समुहको १.६४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्