याे संघर्ष प्रधानमन्त्रीकाे लागी नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको हाे :प्रचण्ड

Prachanda
लोकपाटी न्यूज

काठमाडौं। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल परिमार्जन गर्ने उद्देश्यको जगमा पाँच दलीय गठबन्धन सम्भव भएको बताएका छन्।

बिहीबार सम्पादकहरूसँगको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले विपक्षी दलहरू बीचको गठबन्धन सैद्धान्तिक, व्यवहारिक, राजनीतिक र राष्ट्रिय भावनाको आधारलाई समेटेर बनाइएकाले लामो समयसम्म सँगसँगै जानसक्ने बताए। उनले संविधानको रक्षा गर्दै समयानुकुल परिमार्जन गर्दै लैजाने उद्देश्यमा केन्द्रीत रहेर गठबन्धन बनेको बताए। अहिलेको संघर्ष प्रधानमन्त्री कसलाई बनाउने भन्ने नभई राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको रहेको उनको भनाइ छ।

अध्यक्ष दाहालले ०४६ साल र ०६२÷०६३ सालमा लोकतन्त्रवादी र वामपन्थीको मिलेमतोमा आन्दोलन सफल भएको उल्लेख गर्दै अहिले पनि केपी ओलीको निरंकुशताले लोकतन्त्रवादी र वामपन्थीलाई एकै ठाउँमा ल्याइपु¥याएकाले आन्दोलन सफल हुने बताए। ‘यो गठबन्धन कुनै अवसरवादी गठबन्धन होइन। प्रधानमन्त्रीको निम्ति भएको संघर्ष पनि होइन,’ उनले भने, ‘यो संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बिचको लडाइँ हो, सिस्टम बचाउने वा नबचाउने भन्ने बीचको लडाइँ हो।’

अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतमा आफूहरूको कुनै सेटिङ नभएको बताएका छन्। मन्त्री नियुक्ति बदर गर्ने सर्वोच्चको फैसला अघि आफूले बोलेको कुरालाई सेटिङ भन्दै टिप्पणी गरिएको भन्दै उनले आफूहरू सेटिङ गरेर शासन गर्नेवाला नभएको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले न्यायाधीश र राज्यका अन्य निकायलाई प्रभावमा राख्ने प्रयास गरेको उनको आरोप छ। राष्ट्रपतिले आफ्नो मान, सम्मान गुमाएको पनि उनको ठहर छ। सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अधयक्ष दाहालले एमसीसीको सम्बन्धमा संसदबाट सहमति गराएर राष्ट्रिय हित अनुकुल अघि बढाउने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्