गल्ती स्वीकारेर आए केपी ओलीलाई स्वागत गर्छाै : माधव नेपाल

लोकपाटी न्यूज

काठमाडाैँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती स्वीकारेर आए एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि स्वागत गर्ने बताएका छन्। विपक्षी गठबन्धनका तर्फबाट आयोजित सम्पादकहरूसँगको छलफलमा नेता नेपालले उक्त कुरा बताएका हुन्।

‘देशको हितका लागि, जनताको हितका लागि, समाजको परिवर्तनका लागि दृढताका साथ अगाडि बढिन्छ। यही उद्देश्यका लागि नै आन्दोलनमा जुटिएको हो। यो आन्दोलनबाट विचलित हुने कुरा आउँदैन । कसरी देशको स्वाधीनताको रक्षा गर्ने, देशको स्वाभिमानको रक्षा गर्ने, राष्ट्रिय हितको रक्षा गर्ने भन्नेमा हाम्रो चिन्ता र सरोकार छ,’ नेता नेपालले भने, ‘मानिस हुन्, कहिलेकाहीँ गल्ती हुन्छ। गल्तीलाई स्वीकार गरेर, फेरि कोर्ष करेक्सन गरेर आउनुहुन्छ भने केपी ओलीजीलाई स्वागत नै गर्नुपर्छ है, शेरबहादुरजी।’

सम्पादकहरूसँगको छलफलमा नेता नेपालका अलावा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू सहभागी थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्