विभिन्न संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, कुन पदमा को ? (सूचिसहित)

लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विभिन्न संवैधानिक आयोगमा २० जना पदाधिकारी नियुक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले बिहीबार संवैधानिक परिषद्को सिफारिशमा विभिन्न निकायमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरेकी हुन्।

लोकसेवा आयोगमा झापाका माधवप्रसाद रेग्मीलाई अध्यक्ष र अन्य चार जनालाई सदस्य नियुक्त गरेकी छन्। त्यस्तै, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा दुई जना आयुक्त नियुक्त भएका छन्। निवार्चन आयोगमा सगुनशमशेर जंगबहादुर राणा आयुक्त नियुक्त भएका छन् भने राष्ट्रिय समावेशी आयोगमा रामकृष्ण तिमल्सेना अध्यक्ष भएका छन्। समावेश आयोगमा अरू दुई जना सदस्य पनि नियुक्त भएका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगमा पनि सदस्यहरू नियुक्त भएका छन्। वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले उनीहरूलाई विभिन्न पदमा सिफारिस गरेको थियो।

प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणा उपस्थित परिषदको बैठकले सिफारिस गरेको थियो। उक्त बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित थिएनन्। उनीहरूको सिफारिसपछि संसदीय सुनुवाइ हुनुपर्थ्यो तर अहिले संसद नभएकाले सुनुवाइ हुन सकेन।

संसदीय सुनुवाइ नभएपछि सिफारिस भएको ४५ दिनपछि राष्ट्रपतिले उनीहरूलाई नियुक्त गर्न सक्ने प्रावधान छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्