न्याय परिषद् सदस्यमा अधिवक्ता भण्डारी नियुक्त

Nyayeparisad sachiwalaye
लोकपाटी न्यूज

काठमाडौं। न्याय परिषद् सदस्यमा अधिवक्ता रामप्रसाद भण्डारी नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रामेछापका भण्डारीलाई न्याय परिषद सदस्यमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको वैशाख २१ गते निधन भएको थियो। उनकै ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीले भण्डारीलाई सिफारिस गरेका थिए। न्याय परिषदले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासनसम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्ने वा परामर्श दिने काम गर्छ।

प्रधानन्यायाधीश अध्यक्ष रहने न्याय परिषदमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, कानुन न्याय तथा संसदीय मामिला मन्त्री, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षको अनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता सदस्य रहने व्यवस्था छ।

त्यस्तै राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद् पनि न्याय परिषद सदस्य रहन्छन्। भण्डारी प्रधानमन्त्रीले सिफारिस गर्ने कानुनविदको हैसियतमा न्याय परिषद सदस्य बनेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्