प्रि-ओपन सेसनमा मूल्य २ % मात्र घटबढ गर्न पाइने

लोकपाटी न्यूज

काठमाडौं। सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ। अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ।

यो समयमा ५ प्रतिशतसम्म घटबढ गराएर सेयर मूल्य किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर बोर्डले २ प्रतिशत बनाएको छ। अब प्रिओपनमा २ प्रतिशत भन्दा बढी मूल्य बढ्ने छैन। बोर्डले न्युनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ। हाल एक रुपैयाँ सेयर मूल्य परिवर्तन हुनेमा बोर्डले घटाएर १० पैसा बनाएको छ। अब सेयर मूल्य १० पैसादेखि बढ्न वा घट्न सुरु हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्