कामना सेवा विकास बैंककाे ऋणपत्र काराेबारका लागी नेप्सेमा सूचीकृत

लोकपाटी न्यूज

काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडको “९% कामना सेवा बिकास बैंक ऋणपत्र २०८७” नेपाल स्टक एक्सचेन्जमा कारोबारका लागि सूचीकरण भएको छ।

गत माघ २२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य १००० कायम भएको कुल १० लाख कित्ता थान ‘९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ (ऋणपत्र), नेपाल स्टक एक्सचेन्जमा २०७८ असार १० गतेदेखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ।

असार ९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। बैंकको सेयर रजिष्ट्रार एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्