माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विण्डोज- ११ आज सार्वजनिक गर्दै

लोकपाटी न्यूज

एजेन्सी। माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विण्डोज- ११ को घोषणा बिहीवार गर्दैछ।

कम्पनीले भर्चुअल कन्फ्रेन्सबाट पीसी प्रयोगकर्ताका लागि विण्डोजको नयाँ भर्सन घोषणा गर्ने तयारी गरेको हो। नेपाली समयअनुसार बेलुकी ८ : ४५ बाट विण्डोज इभेन्ट शरू हुनेछ। विन्डोजको यो नयाँ भर्सनलाई कम्पनीले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ।

उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष सत्य नाडेला र चिफ प्रडक्ट अफिसर पानोस पानायले उक्त इभेन्ट होस्ट गर्नेछन्। उसले विन्डोज – १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज- ११ को अपडेट प्राप्त हुने पनि बताएको छ। आगामी अक्टोबरदेखि बजारमा आउने यो संस्करण सार्वजनिक गर्नेगरी कम्पनीले काम गरिरहेको बताइएको छ।

विण्डोजको नयाँ संस्करणको युजर इन्टरफेसमा धेरै परिवर्तन हुनुका साथै अन्य आधुनिक फिचरहरु पनि थप गरिएको बताइएको छ।माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा यो परियोजना अगाडि बढाएको छ। हालै लिक भएको नयाँ फिचरअनुसार विण्डोज- ११ मा सुधारिएको स्टार्ट मेन्यु र टास्कबार, नयाँ एनिमेसन, आइकन, साउन्डका साथै परिस्कृत एप डिजाइन पनि रहेको छ। कम्पनीले सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको छ।

नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु भने लिक भइसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्