नेपाली बजारमा कति पुग्याे आज सुनचाँदीकाे मूल्य ?

लोकपाटी न्यूज

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो। बिहीवार छापावाला सुन ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

तेजाबी सुन भने मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी बुधबार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चँदीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्