एनएमबि बैंकले विभिन्न पदका लागी माग्याे ३ सय १० कर्मचारी

Job Wanted
लोकपाटी न्यूज

काठमाडाैँ। एनएमबि बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले बुधबार विज्ञापनमार्फत् विभिन्न पदमा ३ सय १० जनाको लागि जागिर खुलाएको हो।

बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो। जसमा ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाइजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो।

माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ। तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले जनाएको छ। दरखास्त इमेलबाट पनि दिन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्